भूमि मिचेर ठूलो भएको छिमेकी होइन, हृदय ठूलो भएको छिमेकी चाहिएको छः कलाकार धुर्मुस – Himalayan Dainik

भूमि मिचेर ठूलो भएको छिमेकी होइन, हृदय ठूलो भएको छिमेकी चाहिएको छः कलाकार धुर्मुस


भूमि मिचेर ठूलो भएको छिमेकी होइन, हृदय ठूलो भएको छिमेकी चाहिएको छः कलाकार धुर्मुस

काठमाडौँ, २९ वैशाख – भारतले नेपालको भूमी प्रयोग गर्दै बाटो बनाएपछि यतिबेला यसको चर्को विरोध नेपालमा भैरहेको छ ।

कलाकार सिताराम कट्टेलले सामाजिक संजालमा स्टाटस लेख्दै भनेका छन, ‘विभिन्न समयमा नेपालको सिमा मिचिरहने र विवादमा आइरहने भारतले आफ्नो स्वभावलाई पछिल्लो कदम अन्र्तगत लिपुलेक हुँदै चिनको तिब्बतस्थित मानसरोवर जाने सडक निर्माणले प्रष्ट पारेको छ । कालापानी, लिपुलेक र सुस्तामात्र होइन, नेपाल–भारत सीमाका ७१ स्थानमा भारतीय पक्षले सधै विवाद निकाल्दै आएको छ । तसर्थ, स–सम्मान नेपाली भूमि फिर्ता गर्न भारतले यथासक्य छिटो कदम चालोस् भनी आग्रह गर्दछौ ।’

उनले, हामीलाई सीमा मिचेर ठूलो भू–भाग भएको छिमेकी हैन, ठूलो हृदय भएको छिमेकी चाहिएको पनि उल्लेख गरेका छन् । उनले, सीमा विवादको बिषयलाई आवेगमा होइन दीर्घकालिन समाधानका लाग संयम भएर अगाडि बढ्न सबैसँग अपिल पनि गरेका छन् ।