तीन दशकयताको बजेट प्राथमिकता फेरियो – Himalayan Dainik

तीन दशकयताको बजेट प्राथमिकता फेरियो


तीन दशकयताको बजेट प्राथमिकता फेरियो

काठमाडौँ, २९ वैशाख – सरकारले तीन दशकदेखि पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर बजेट बनाउँदै आएको थियो । यसपटक भने कोभिड १९ को महामारीका कारण सरकार प्राथमिकता फेर्न बाध्य भएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले आइतबार संघीय संसद्को बैठकमा आगामी बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै बजेट मूलतःकोभिड १९ को सेरोफेरोमा केन्द्रित हुने जानकारी दिए ।

यसअघि २०७२ सालमा महाभूकम्पले तहसनहस बनाए पनि बजेटको प्राथमिकता फेरिएको थिएन। त्यति बेला पुनर्निर्माण प्राधिकरण गठन गरेर निश्चित रकम विनियोजनमात्र गरिएको थियो । यो खबर आजको नागरिक दैनिकले छापेको छ ।