मुलुकभर फोरजी सेवा प्रयोगकर्ताको संख्या साढे ४६ लाख – Himalayan Dainik

मुलुकभर फोरजी सेवा प्रयोगकर्ताको संख्या साढे ४६ लाख


मुलुकभर फोरजी सेवा प्रयोगकर्ताको संख्या साढे ४६ लाख

काठमाडौँ, २९ वैशाख – मुलुकभर फोरजी सेवा प्रयोग गर्ने ग्राहक संख्या साढे ४६ लाख पुगेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको एमआईएस प्रतिवेदनमा मुलुकभर फोरजी प्रयोगकर्ता ४६ लाख ६४ हजार ६६१ रहेको उल्लेख छ । दूरसञ्चार प्राधिकरणले २०७६ माघसम्मको एक वर्षको तथ्यांकका आधारमा प्रतिवेदन सार्वजनिक गरेको हो ।

२०७५ सालको माघसम्म अर्थात् एक वर्ष अघिसम्म २५ लाख तीन हजार ७२८ फोरजी प्रयोगकर्ता थिए । एक वर्षको अवधिमा ८६.३० प्रतिशतले फोरजी ग्राहकको संख्यामा वृद्धि भएको छ ।

सो अवधिमा दूरसञ्चार सेवाप्रदायक कम्पनीमध्ये एनसेलका ग्राहक अधिक बढेको देखिएको छ। दोस्रो स्थानमा स्मार्ट र तेस्रोमा नेपाल टेलिकम छ । निजी क्षेत्रका सेवाप्रदायकले शतप्रतिशतले भन्दा धेरै ग्राहक बढाउँदा सरकारी स्वामित्वको नेपाल टेलिकमको ग्राहक जम्मा १८ प्रतिशतले बढेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।