राहत अभियनताको राहत वितरण गर्ने कार्यजारी : गरिबलाई आशा पलाउदै – Himalayan Dainik

राहत अभियनताको राहत वितरण गर्ने कार्यजारी : गरिबलाई आशा पलाउदै


राहत अभियनताको राहत वितरण गर्ने कार्यजारी : गरिबलाई आशा पलाउदै

 महेश सिंह सिरहा २८  बैशाख – सिरहामा लकडाउन प्रभावित समुदाय लाई दुई जोडीको राहत वितरण गर्ने अभियान जारी नै रहेको छ् । सिरहाको लहान नगर पालीका १ मा ४५ घर धुरी लाई राहत वितरण गरेको हो । कोरोनाको कहरको मार मा परेका परिवारलाई राहत वितरण गरेको हो ।

लहान भन्दा बाहिरबाट आएर कोठा भाडामा बस्दै आएको र सानो ब्यबसा यि गरेको जिबिको पार्जन गर्दै आई रहेको ज्याला मजदुरहरुलाई कहरको भोकमरीबाट जोगाउन सम्मान स्वरुप राहत बाडेको हो । समाजसेवी महेश चौधरी र संगिता कर्माचार्यको जोडीले हिजो दुई स्थान राहत बाडने अभियान जारी नै राखेको छ् लहानको २ स्थानमा राहत वितरण गरेका हुन ।

लकडाउनको मारमा परेका लहान नगरपालिका अन्तर्गत रहेका पिडितहरु लाई राहत उपलब्ध गराएका छन। लकडाउनको प्रत्यक्ष मारमा परेका लहान १ मा घर भाड़ामा बस्ने दैनिक ज्याल्ला दारीको काम गर्ने,कलेज़ पढ़ने बिधार्थी तथा एकल महिला तेसैगरी लहान ८ मा नागरिकता नभएका बृध,एकल महिला,दलित तथा बिपन्न परिवारलाई समाजसेवी महेश चौधरी र संगिता कर्माचार्यको जोडी अर्का समाज सेबि जितन यादव र ललिता यादवको जोडीले शुक्रबार खाद्यान्न सामग्री उपलब्ध गराएका थिए। थपिदै गरेको लकडाउनका कारण गरिब, विपन्न परिवारहरुको बिचल्ली भएको छ् ।

साथै राहतमा सहयोग गर्ने माखन भोग स्वीटस एण्ड चार्ट संचालक रोशन अग्रवाल ,लक्की इंटरप्राइजेजको प्रोपाईटर सन्तोष साह , सुभलक्ष्मी इंटरप्राइजेजको संचालक अशोक चौधरी, समाज सेबि पहलाद साप्कोटाको राहत वितरण कार्यमा विशेष सहयोग रहेकोे थियो । मनकारी जितन यादव,ललिता यादव र एपोलो ॐ स्कुलको संन्चालक समेत रहेका छन ।राहतमा १० किलो चमाल,१ किलो आलू,१ लिटर तेल ,१कोलो फर्सी, १ किलो दाल र १ किलो नून सहित १०५ परिवार लाई शुक्रबार राहत उपलब्ध गराएको समाजसेवी चौधरीले बताए ।

उक्त  जोडी महेश चौधरी , संगिता कर्माचार्य र जितन यादव, ललिता यादवको क्रमाहन जोडीले राहतमा निरन्तरता दिईएका छन् । शनिबार पनि लहान नगर पालिका ५,६,८ भित्र कुल्ली , ठेला चालाए र जिबिको पार्जन गर्ने मजदुरहरुलाई शनिबार लहानको सडक बिभागको प्रागनमा राहत वितरण गरेका छन् । राहतमा ३ काटुन खाने तेल ,६० पोका नुन , ६ सय किलो चामल ६० जनाको घर धुरी लाई राहत वितरण गरेको ललिता यादवले जानकारी दिनु भयो ।