भलिबललाई कोभिड १९ को जोखिम बढी – Himalayan Dainik

भलिबललाई कोभिड १९ को जोखिम बढी


भलिबललाई कोभिड १९ को जोखिम बढी

काठमाडौँ, २० बैशाख – कोभिड १९ ले कारण भलिबल खेल सबैभन्दा धेरै जोखिममा रहेको एक अध्ययनले देखाएको छ ।

इटालियन ओलम्पिक कमिटी र पोलिटेक्निक अफ टुरिनले फेरि कसरी सुरक्षित रुपमा खेल शुरु गर्न सकिन्छ भनेर गरेको अनुसन्धानमा भलिबल खेलबाट कोभिड १९ को सर्ने सम्भावना धेरै रहेको निश्कर्ष निकालेको हो ।

उक्त अनुसन्धानले भलिबललाई सबैभन्दा धेरै जोखिम भएको खेलमा अघि राखेको छ । फेस टु फेस खेलिने अन्य खेलहरु बक्सिङ, बास्केटबल, रग्वि भन्दा भलिबललाई धेरै जोखिममा राखिएको छ ।