अमेरिकी क्रिकेट टोलीको प्रशिक्षकमा अरुण कुमार नियुक्त – Himalayan Dainik

अमेरिकी क्रिकेट टोलीको प्रशिक्षकमा अरुण कुमार नियुक्त


अमेरिकी क्रिकेट टोलीको प्रशिक्षकमा अरुण कुमार नियुक्त

एजेन्सी , १७ बैशाख – भारतीय पूर्व ब्याट्सम्यान जे अरुण कुमारलाई अमेरिकी क्रिकेट संघले नयाँ मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । संघले मंगलबार प्रशिक्षक जेम्स पामेटलाई हटाउँदै अरुणलाई नयाँ प्रशिक्षक नियुक्त गरेको हो ।

अरुणले इन्डियन प्रिमियर लिग (आईपीएल) मा विंग्स इलेवन पन्जाबको प्रशिक्षण सम्हाली सकेका छन् । अमेरिकी क्रिकेट संघका प्रमुख कार्यकारी अधिकृत इयान हिगिन्सले अरुणलाई नयाँ प्रशिक्षकका रूपमा नियुक्त गरेको आफ्नो वेबसाइटमा उल्लेख गरेका छन् ।

उनले आफ्नो वेबसाइटमा लेखेका छन्, “रणजी ट्रफी र आईपीएलका पूर्व प्रशिक्षक तथा कर्नाटकका पूर्व फस्ट क्लास खेलाडी जे अरुण कुमारलाई पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको छ ।”

उनले आधिकारिक वेबसाइटमा कुमारलाई नयाँ मुख्य प्रशिक्षक बनाएको बताएका छन् ।

यता ४५ वर्षीय अरुणले आफू अमेरिकन क्रिकेट टोलीको प्रशिक्षणमा नियुक्त भएकोमा खुसी व्यक्त गरेका छन् । उनले लामो मिहिनेतपछि अल्पकालीन लक्ष्य बनाएको बताए । उनले अबकोे लक्ष्य अमेरिकालाई टेस्ट राष्ट्रको सूचीमा राख्ने भएको बताए ।

अरुणले प्रथम श्रेणी क्रिकेटमा सात हजार २००, लिस्ट एमा तीन हजारभन्दा बढी रन बनाएका छन् । उनले प्रशिक्षणमा कर्नाटकले सन् २०१३–१४ र २०१५–१६ मा रणजी ट्रफी, विजय ट्रफी र इरानी कपको उपाधि जितेको थियो ।