रोर्डिगेजलाई युनाइटेड क्लबमा भित्र्याउने तयारी – Himalayan Dainik

रोर्डिगेजलाई युनाइटेड क्लबमा भित्र्याउने तयारी


रोर्डिगेजलाई युनाइटेड क्लबमा भित्र्याउने तयारी

एजेन्सी, २७ चैत – स्पेनिस क्लब रियल मड्रिडका स्टार खेलाडी हामेस रोर्डिगेजलाई प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडले भित्र्याउने तयारी गरेको छ । अंग्रेजी पत्रिका दि सनका अनुसार प्रिमियर लिग क्लबले रोर्डिगेजलाई क्लबमा भित्र्याउने तयारी गरेको बताएको छ ।

युनाइटेडले रोर्डिगेज भित्र्याउँदै रियललाई पोग्बा बेच्ने तयारी पनि गरेको बताएको छ । रोर्डिगेज हाल जर्मन क्लब वायर्न म्युनिखमा लोनमा छन् । उनी सन् २०१७ मा रियलबाट लोनमा गएका हुन् ।

सन् २०१४ मा मोनाकोबाट रियलमा आएका कोलम्बियाका स्टार खेलाडी रोर्डिगेजले रियलमा ८४ खेल खेल्दै २९ गोल गरेका छन् । उनले वायर्नमा पनि ४३ खेल खेलेर १४ गोल गरिसकेका छन् । हाल प्रिमियर लिग क्लबले उनलाई अनुबन्धन गर्ने तयारी गरेको छ । उनी रियलबाट जाने सम्भावना रहेको डी सन्ले लेखेको छ ।