कोरोनाले रोक्न सकेन होलीको उमंग कलाकारले यसरी मनाए होली (फोटो फिचर) – Himalayan Dainik

कोरोनाले रोक्न सकेन होलीको उमंग कलाकारले यसरी मनाए होली (फोटो फिचर)


कोरोनाले रोक्न सकेन होलीको उमंग कलाकारले  यसरी मनाए होली (फोटो फिचर)

काठमाडौँ, २६ फागुन – नेपाली कलाकारहरुले कोरोना भाइरसका त्रासको बीच पनि  होली मनाएका छन  ।

कलाकारले खुलेर समूहमा होली आयोजना नगरेपनि केहिले भने आआफ्नै तरिकाले होली मनाएका छन् । कोरोना भाइरस नेपालमा भित्रिएको नपाइए पनि सम्भावित जोखिमबाट बच्न भीडभाड र भेलामा जम्मा हुने, लोला हान्ने, रङ, अबीर दल्ने कार्य नगर्न र नगराउन गृह मन्त्रालयले यसअघि नै जारी गरेको सार्वजनिक सूचनाका कारणले पनि यस पटकको होली सामान्य बनेको हो ।

बिश्वभर कोरोना भाइरसको त्रासबीच आज उत्साहपुर्वक होली पर्व मनाइएको छ । कारोनाको त्रासले होली प्रभावित बनेपनि यसपटक पारिवारिक वातावरणमा शान्त रुपमा होली मनाइएको छ । तस्विरमा यस्तो देखियो होलीको उमंग ।