घिमिरेको जन्मदिन, शुभकामना दिनेको ओइरो – Himalayan Dainik

घिमिरेको जन्मदिन, शुभकामना दिनेको ओइरो


घिमिरेको जन्मदिन, शुभकामना दिनेको ओइरो

काठमाडौँ, असार २१ – झमक घिमिरे धेरैको लागि प्रेरणा बनेकी छिन् । उनको जीवन कथाले धेरै मानिसलाई जीवनमा अघि बढ्न हौसला दिएको छ । आज उनै झमक घिमिरेको जन्मदिन रहेको छ । झमक घिमिरेको नाम नेपाली साहित्यिक क्षेत्रमा सबैभन्दा पहिले आउँछ । उनले लेखेको जीवन काडाँ कि फूल नामक किताब नेपालमा मात्र नभएर विश्वभर प्रसिद्ध छ । झमक हामी साधारण मान्छे जस्तो स्वस्थ छैनन् । तरपनि झमकले जीवनमा हार भने कहिल्यै मानिनन् ।

जीवनमा धेरै संघर्ष गर्दै आज उनी यो स्थानसम्म आएकी छिन् । हामीले चाहेको खण्डमा कुनैपनि काम गर्न असफल नभएको कुरा झमकको जीवनीबाटे थाहा पाउन सकिन्छ । त्यसैले पनि उनलाई सबैले सम्मान गर्ने गरेका छन् । आज उनको जन्मदिन परेकाले उनलाई उनका शुभचिन्तकले सामाजिक सञ्जालमा शुभकामना दिइरहेका छन् । हाम्रो तर्फबाट पनि झमकलाई जन्मदिनको धेरै धेरै शुभकामना