काठमाडौं - आज विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । त्यसपछि हरेक वर्ष संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रले यो दिवस मनाउँदै आएका छन् । नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज यो...
काभ्रे - काभ्रेको मण्डनदेउपुर नगरपालिकाले आज थकान बिदा दिएको छ । नगरपालिकाका कर्मचारी र जनप्रतिनिधि थकित भएको भन्दै नगरपालिकाले आज थकान बिदा दिएको हो । नगरपालिकाले बुधबार एक विज्ञप्ति जारी गर्दै आज विहिबार असोज चार गते नगरपालिका भित्र थकान बिदा दिएको जानकारी दिएको छ । संविधान दिवसको अवसरमा नवनिर्मित भवनबाट...
काठमाडौं - संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच राष्ट्र सङ्घको मुख्यालयमा बुधबार भेटघाट भएको छ । प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्री युनसबीच द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहकार्यका विषयमा महत्वपूर्ण छलफल भएको थियो । दुई प्रधानमन्त्रीबीच भएको भेटघाटमा...
काठमाडौं - परराष्ट्रमन्त्री एनपी साउदले ‘एसियाली सहकार्य संवाद’लाई नेपालले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । मन्त्री साउदले भन्नुभयो, “नेपालले क्षेत्रीय प्रक्रियालाई उच्च प्राथमिकतामा राखेको छ, यसभित्र एसियाली सहकार्य संवादसमेत पर्दछ ।” बुधबार राष्ट्रसङ्घको मुख्यालयमा आयोजित एसियाली देशका मन्त्रीको सम्मेलनमा मन्त्री साउदले उक्त धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो, “हामीहरु सबै...
काठमाडौं - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष एवं साथी सुवास नेम्वाङसँगको एउटा स्मृति सामाजिक सञ्जालमा शेयर गर्नुभएको छ ।ने म्वाङको दाहसंस्कारबाट फर्केपछि उहाँले स्मृतिका पाना पल्टाएर फेसबुकमा यस्तो लेख्नुभएको छ । अध्यक्ष ओलीको स्टयाटस यस्तो छ स प्रिय साथी सुवास नेम्वाङलाई सदाका लागि बिदाइ गरेर आर्यघाटबाट फर्केपछि...
भक्तपुर - नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० जिल्ला कमिटी भक्तपुरले आज आयोजना गरेको सपथ ग्रहण कार्यक्रममा नेकपा एमालेका नयाँ संगठित सदस्य लिएका १ हजार ७ सय ६१ जनाले सपथ ग्रहण गरेका छन् । कार्यक्रममा नयाँ संगठित सदस्यहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज कैलाश ढुङ्गेलले सपथ खुवाउदै नयाँ संगठित सदस्यहरुका...
उदयपुर - उदयपुरको सदरमुकाम गाईघाट बजारलगायत त्रियुगा नगरपालिका क्षेत्रमा स्क्रब टाइफसको सङ्क्रमण देखा पर्न थालेको छ । जिल्लामा भदौको पहिलो साता एकजनामा सङ्क्रमण देखिएसँगै अहिले दैनिक बिरामीको सङ्ख्या वृद्धि हुन थालेको जिल्ला अस्पताल उदयपुरले जनाएको छ । भदौको पहिलो साता पहिलो पटक अस्पतालमा उपचार गर्न आएका एक जनामा स्क्रब टाइफसको...
गलेश्वर (म्याग्दी) - स्याउको गुणस्तर र स्वाद कायम राख्न हिमालपारीको जिल्ला मुस्ताङमा असोज १ गतेयता स्याउ टिप्न र बिक्री गर्न नपाइने भएको छ । चाँडै स्याउ टिपेर बजारमा पठाउँदा मुस्ताङको स्याउको गुणस्तर र स्वाद नहुने भएकाले भदौसम्म स्याउ नटिपी असोज लागेपछि मात्रै स्याउ टिपेर बजारमा पठाइने मुस्ताङका अन्तरपालिका बैठकमा निर्णय...
काठमाडौँ - आउँदो २७ गतेदेखि किशोरीमा लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ‘एचपीभी’ ढुक्क भएर लगाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले खोपको प्रभावकारिता रहेकाले ढुक्क भएर लगाउन आग्रह गर्नु गरेका हुन । उनले यो खोपको दुई मात्रा लगाए पनि पाठेघरको...
चीन - उत्तरी चीनमा ग्यास चुहावट हुँदा १० जनाको मृत्यु हुनाका साथै तीन जना घाइते भएका सरकारी सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन् । घटना बिहीबार अपराह्न इनर मङ्गोलिया क्षेत्रको ओर्डोसस्थित रसायन कारखानामा भएको राज्य प्रसारक चाइना सेन्ट्रल टेलिभिजन ९सिसिटिभी०ले जनाएको छ । ग्यास चुहिएर बिरामी परेका एक जनाको घटनास्थलमा मृत्यु...