धनकुटा – धनकुटा नगरपालिका–७ जिरोप्वाइन्टमा हिजो साँझ टेम्पाे दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार गएराति कोशी लोकमार्ग अन्तर्गत पचीयमोडबाट जिरोप्वाइन्टतर्फ जाँदै गरेको मे.१ ह ४४७४ नम्बरको टेम्पाे सडकको नालीमा दुर्घटना हुदा चालक धनकुटाको छथरजोरपाटी गाउँपालिका–१ हात्तिखर्कका ६० वर्षीय लालबहादुर दर्लामी मगरको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल धनकुटा पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
