काठमाडौं – मोटरहेड ब्राण्डका नेपालका लागि आधिकारिक वितरक एस।एल।आर टेक्नो एण्ड ट्रेडले यही माघ १९ गतेदेखि लागु हुनेगरि Exchange सन्चालन गर्ने भएको छ । क्याम्प ५ दिनसम्म चल्ने छ । उपत्यका भित्रका सबै शोरुमहरुमा लागु हुने गरी उक्त कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।
यस पटक पुरानो वाइकको बजार मूल्यांकनमा थप २० हजार रुपैयाँ दिइने बताइएको छ । यस अघि कम्पनीले थप मुल्यांकनमा १५ हजार दिने गरेको थियो । यसका साथै उक्त पाँच दिने कार्यक्रम भ्हअजबलनभ नगरी नगदमै मोटरहेडका वाइक खरीद गर्दा १० हजार रुपैयाँ छुट र फाइनान्स खरीदमा ८ हजार रुपैयाँ छुटको व्यवस्था गरिएको छ ।
उपत्यका भित्र कम्पनीको ५ ठाउँमा शोरुम छन् । धोविघाट, सल्लाघारी, टेकु, चावहिल र बालाजुमा रहेको शोरुमहरुबाट आफूले पाइक पर्ने गरी ग्राहकले यो अफरको फाइदा लिन सक्नेछ्न । बजारमा राम्रो प्रवेश गर्न सफल यस ब्राण्डका हाल ७ मोडल छन् । जसमा अफ रोड राइडका लागि Sports-250, X-Torque 250, MH-200X र रोड अफरोड दुवैलाई हुनेगरि Tekken 250, Tekken 250 R (New Edition) , MH 150R, Scrambler रहेका छन् । मोटरहेडका वाइकहरुको मूल्य ३ लाख ५ हजार देखि लिएर रु।४ लाख ५५ हजार सम्म रहेको छ ।
बिक्रीलाई सहज बनाउन र ग्राहकलाई सजिलो महसूस गराउन विभिन्न रिकण्डिसन र फाइनान्सहरुसंग सहकार्य गरी अघि बढेको कम्पनीले जनाएको छ । यसका साथै बिक्रि पछिको सेवालाई सवल र सहज बनाउन आवस्यक तालिम दिलाई विभिन्न ठाउँमा आधिकारिक मर्मत केन्द्रहरुको स्थापनाको काम भईरहेको कम्पनीले जनाएको छ ।
