देश बिगार्ने प्रचण्ड हुन् भन्दै माओवादीबाट सिंगो गाउँ एमाले प्रवेश – Himalayan Dainik

देश बिगार्ने प्रचण्ड हुन् भन्दै माओवादीबाट सिंगो गाउँ एमाले प्रवेश


देश बिगार्ने प्रचण्ड हुन् भन्दै माओवादीबाट सिंगो गाउँ एमाले प्रवेश

अर्घाखाँची -नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देश बिगार्ने हुन् भन्दै नेता कार्यकर्ताहरुले पार्टी छोड्ने क्रम जारी रहेको छ ।

यसै क्रममा आइतबार अर्घाखाँचीको मालारानी गाउँपालिकाका माओवादीका अध्यक्षसहित ५० घरपरिवारका नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

उनीहरुले प्रचण्डले मुलुकको विकास र समृद्धि रोकेको र विदेशीको इशारामा चलेर नेपालमा सधैँ अस्थिरता निम्त्याउने खेल खेलेको बताए ।

मालारानी वडा नं ३ का माओवादी केन्द्रका अध्यक्ष रोमाहर्ष खनालको नेतृत्वमा ५० घर परिवार एमालेलमा समाहित भएका हुन् । त्यस्तै, नेपाली काँग्रेसका स्थानीय हस्तीहरु पनि एमालेमा प्रवेश गरेका छन ।