राष्ट्रियसभा बैठक स्थगित – Himalayan Dainik

राष्ट्रियसभा बैठक स्थगित


राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँ – राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।

विशेष कारणवश निर्धारित मितिमा बैठक बस्न नसक्ने भएकाले अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् ।

“मिति २०७८ साल माघ १७ गते सोमबार दिनको १ः०० बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद्, राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि उक्त बैठक स्थगित भएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,” आइतबार जारी सूचनामा भनिएको छ ।