काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिकालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
एमाले उपमहासचिव प्रदीप कुमार ज्ञवालीका अनुसार अध्यक्ष ओलीलाई शनिबार एन्टिजेन परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि पीसीआर गरिएको थियो । ओली हाल बोलकोटस्थित निवासमै आइसोलेशनमा छन् ।
