पशुपतिनाथको मूल मन्दिर बन्द – Himalayan Dainik

पशुपतिनाथको मूल मन्दिर बन्द


पशुपतिनाथको मूल मन्दिर बन्द

काठमाडौँ – कोरोनाभाइरस बढेसँगै पशुपतिनाथको मूल मन्दिर बन्द भएको छ ।

पशुपति क्षेत्र विकास कोषका अनुसार आजदेखि पशुपतिनाथको मूल मन्दिर र गुह्वेश्वरी मन्दिर बन्द गरिएको हो । नित्य पूजाबाहेक अरू सबै पूजा बन्द गरिएको छ । अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको हो ।