धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले माघ २ गते आइतबार सार्वजनिक विदा दिएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मी जोशीका अनुसार माघी पर्वका लागि प्रदेश सरकारका तर्फबाट आइतबार थप एक दिन विदा दिइएको हो । माघ १ गते संघीय सरकारले नै विदा दिने गरेकाले प्रदेश सरकारले थप एक दिन विदा दिँदै आएको छ ।
सुदूरपश्चिममा पहाडी समुदायले माघ १ गतेलाई मकर संक्रान्ति पर्व(नरहरी) र तराईमा बसोबास गर्ने थारु समुदायले माघी पर्व मनाउने गरेका छन् ।
