सुमन दाहालको निर्देशनमा ‘यो जीवन मिठो…’गीतको भिडियो रिलिज – Himalayan Dainik

सुमन दाहालको निर्देशनमा ‘यो जीवन मिठो…’गीतको भिडियो रिलिज


सुमन दाहालको निर्देशनमा ‘यो जीवन मिठो…’गीतको भिडियो रिलिज

काठमाडौं – सुमन दाहालको निर्देशनमा नयाँ गीत यो जीवन मिठो…को भिडियो रिलिज भएको छ ।

सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज भएको भिडियोलाई सँयुक्त राज्य अमेरिकाको ल्याक्जिङटन शहरका आसपासमा छायाँकन गरिएको हो । यो जीवन मिठो गीतलाई सुदन डोटेलले लेखेका हुन् । जसमा कृष्ण काफ्ले र रिता केसीको स्वर रहेको छ ।

यो गीतमा सरोज प्याकुरेलले संगीत र मनोहर सुनामको संगीत संयोजन छ । गीतको भिडियोमा युगल जोडीको प्रेमलाई प्रस्तुत गरिएको छ । जसमा मोडलको रुपमा भुवन लोहनी र अन्जली दियाली प्रस्तुत भएका छन् । अक्की शर्माले खिचेको यो गीतको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । जसमा रँग सँयोजन रेनिश फागोको रहेको छ ।