पार्टीको अधिवेशनलगत्तै चुनावतर्फ केन्द्रित हुन प्रधानमन्त्री देउवाको निर्देशन – Himalayan Dainik

पार्टीको अधिवेशनलगत्तै चुनावतर्फ केन्द्रित हुन प्रधानमन्त्री देउवाको निर्देशन


पार्टीको अधिवेशनलगत्तै चुनावतर्फ केन्द्रित हुन प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौँ – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केही महिनाभित्रै पालिका तथा एक वर्षभित्र सङ्घ र प्रदेशको चुनाव हुने भन्दै पार्टीको अधिवेशनलगत्तै चुनावतर्फ केन्द्रित हुन निर्देशन दिएका छन ।

आज नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र बलियो भए मात्रै देश समृद्ध हुने भन्दै विकास र समृद्धिको नेतृत्व नेपाली कांग्रेसले मात्रै गर्न सक्ने दाबी समेत गरेका छन ।

उनले पार्टीभित्रको आन्तरिक चुनावमा हुने हार/जित स्वाभाविक प्रक्रिया र लोकतान्त्रिक अभ्यास भएको भन्दै आउँदा दिनमा नागरिककाे विश्वास जित्ने गरी चुनावमा केन्द्रित हुन नेता/कार्यकर्तालाई आग्रह गरे ।

उनले भने, ‘हामी केही महिनाभित्रै पालिकाकाे निर्वाचन, एक वर्षभित्र सङ्घ र प्रदेशको चुनावमा जाँदैछौँ । त्यसैले पनि अधिवेशनलगत्तै हाम्रो ध्यान चुनावतर्फ केन्द्रित हुनुपर्दछ । हाम्रा आन्तरिक चुनावमा हुने जित/हार एउटा स्वाभाविक प्रक्रिया हो, लोकतान्त्रिक अभ्यास हो । त्यसैले तपाईँहरूले आन्तरिक प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासका रूपमा लिएर आउँदा दिनमा नागरिककाे विश्वास जित्ने गरी चुनावमा केन्द्रित हुनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’