आजको मोैसम सामान्य रहने – Himalayan Dainik

आजको मोैसम सामान्य रहने


आजको मोैसम सामान्य रहने

काठमाडौं ,२८  चैत्र – हाल देशको पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली हुनुका साथै देशका पहाडी तथा तराई भूभागका केही स्थानमा तुवाँलो लागेको महाशाखाको भनाइ छ।

शनिवार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि समान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ का पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा अपरान्हपछि मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका पहाडी तथा तराइका थोरै भूभागहरुमा तुंवालो समेत रहने सम्भावना रहेको छ।

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ काे पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा अपरान्हतिर मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका पहाडी तथा तराईका केही भूभागहरुमा तुवाँलो समेत रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।