आज ग्यास उद्योगी र नेपाल आयल निगमका अधिकारीलाई मन्त्रालयमा बोलाएर मन्त्री भट्टले ग्यास सहज नबनाए सेना र प्रहरी लगाउने चेतावनी दिएका हुन् ।

व्यवसायीको नाफा सरकारले नै निश्चित गरेको बताउँदै मन्त्री भट्टले भने, ‘मेरो आग्रह छ, अहिले उपभोक्ताको जुनसुकै ग्यासको सिलिण्डर पनि साटी दिनुस्, नाफा घाटा नहेर्नुहोस् राज्यलाई सहयोग गर्नुस्, अन्यथा हस्तक्षेप हुन्छ ।’

मन्त्री भट्टले तत्काल सहज नभए उद्योग, डिलर र सबडिलरको लाइसेन्स खारेजको प्रक्रिया अघि बढाउने बताए । ‘उद्योगी व्यवसायीका सामुन्ने मन्त्री भट्टले उपभोक्तालाई सहज रुपमा ग्यास वितरण गर्ने काममा मन्त्रालय, निगम वा सरकारी कुनै संयन्त्रले असहयोग गरेको भए आफूलाई भन्नसमेत आग्रह गरेका थिए ।

बैठकमा मन्त्री भट्ट, राज्यमन्त्री मोतीलाल दुगड, वाणिज्य सचिव डा. बैकुण्ठ अर्याल, आपूर्ति सहसचिव प्रकाश दाहाल, वाणिज्य विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलसहित सबै उच्च अधिकारी सहभागी रहेका छन् ।