भक्तपुर क्यान्सर अस्पतालमा गुण्डागर्दी शैलीमा गरेको हस्तक्षेत्र सैह्य हुदैन : सांसद बस्नेत – Himalayan Dainik

भक्तपुर क्यान्सर अस्पतालमा गुण्डागर्दी शैलीमा गरेको हस्तक्षेत्र सैह्य हुदैन : सांसद बस्नेत


भक्तपुर क्यान्सर अस्पतालमा गुण्डागर्दी शैलीमा गरेको हस्तक्षेत्र सैह्य हुदैन : सांसद बस्नेत

भक्तपुर,असोज १ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्व मन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुर नगरपालिकाले नेपालकै दोस्रो भक्तपुर क्यान्सर अस्पताललाई गुण्डा गर्दी शैलीमा गरेको हस्तक्षेत्र सैह्य नहुने बताउनुभएको छ ।

नेपाल अर्बुद रोग निवारण संस्थाको ३७ औं बार्षिकोत्सव २०७६ को विशेष समारोहलाई सम्बोधनगर्दै सांसद बस्नेतले भक्तपुर क्यान्सर अस्पताल भक्तपुरले मात्र हैन देशले नै गौरव गर्ने अस्पताल भएको बताउँदै भक्तपुर नगरपालिकाले गरेको हस्तक्षेप कानुनी तथा छलफलको वातावरण सिर्जना नगर्नु गलत मनासय भएको बताउनुभयो । ”जनतामा क्यान्सर रिलिफ सोसाइटीले सञ्चालन गरेको नभई सरकारी अस्पताल हो भन्ने भएको बताउँदै उहाँले संकटले कहिलेकाँही समाधानपनि ल्याउँछ, कहिलेकाही नयाँ आयाम खोलीदिने भएकाले त्यसैले भक्तपुर क्यान्सर अस्पतालको संकटले एउटा नयाँ आयामको ढोकाहरु खोलेको बताउनुभयो ।”

 उहाँले ”सर्वोच्च अदालतको स्टेअर्डर लाई समेत नगरपालिकाले नमान्नु अदालत माथि नै गम्भीर मानहानी भएको बताउनुभयो ।” डर र त्रास देखाई अस्पताल कब्जा गर्ने जुनप्रवृक्ति नगरपालिकाले देखाएको छ त्यो सैह्य नहुने बताउँदै उहाँले भन्नुभयो, ‘’एक सय हाराहारीका मानिस भेला पारेर अध्यक्ष लगायतकालाई कालोमोसो दल्ने धम्कीदिने, केही कर्मचारीलाई प्रलोभनमा पारी गरिएको अनौतिक कार्य गर्ने कार्य सैह्य हुँदैन । विधीको शासनमान्नु पर्ने बताउँदै अस्पतालमा भ्रष्टाचार भएको भएअख्तियारले अनुसन्धान गरी कारवाहीप्रकृया अघि बढाउने हो तर कुनै नगरपालिकाको मेयरले हस्तक्षेप गर्ने हैन ।”

नेपालको संघियताको नियमअनुसार १ सय बेडसम्मको अस्पताल सञ्चालन प्रदेश सरकारको मातहतमा रहने भएकाले उक्त अस्पताललाई प्रदेश सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले भक्तपुर नगरपालिकाले अस्पताललाई जग्गा दिएको भन्ने कुरा गलत अफवाह फैलाएको बताउनुभयो । उहाँले उक्त नेपाली सेनाको जग्गा प्रयोग गरिएको जानकारी समेत गराउनुभयो ।

बीस करोडभन्दा बढी बजेट नेपाल सरकारको लगानी रहेको जसमा नगरपालिकाले ४–५ लाख लगानी गरेको जानकारी गराउँदै सांसद बस्नेतले गगन थापा र आफुले सदनम विधीको पक्षमा पटक पटक बोल्ने गरेको तर प्रेम सुवालले उक्त कुरामा विधि र कानुन भन्दामाथि रहेर बोल्ने गरेको बताउनुभयो । उहाँले कार्यदल बनाई अस्पतालमा भएका समस्याहरु समाधान गर्नुपर्ने बताउँदै नेमकिपाका जनप्रतिनिधिमा नै ठूला भ्रष्टाचारका कार्यहरु भएको समेत बताउनुभयो ।

जनचेतनाको विकास गर्दै नेपालमा नै सम्भव हुने उपचार विदेशमा गईगर्ने परम्परालाई अन्त्य गर्नुपर्नेमा जोड दिँदै उहाँले उक्त अस्पतालले क्यान्सर रोगीको उपचार मात्र नगरी अन्य वहुआयामीक कार्यहरु समेत सञ्चालन गरिरहेको बताउनुभयो ।