राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आजदेखि – Himalayan Dainik

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आजदेखि


राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आजदेखि

काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण बिहीबार शुरु हुँदैछ।

एन् कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईँले ४० खेलाडीलाई प्रारम्भिक चरणमा बोलाएका हुन्।

प्रारम्भिक चरणको प्रशिक्षणमा कप्तान किरण चेम्जोङ, उपकप्तान रोहित चन्द, विमल घर्ती मगर, अञ्जन विष्ट, अनन्त तामाङलगायत अनुभवी खेलाडीलाई बोलाइएको छ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत १३ वैशाखमा प्रशिक्षण छाडेका १० खेलाडीमध्ये सुमन लामा टिममा अटाएनन्।

नेपालले असोजको दोस्रो साता बंगलादेशसँग एक मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ। मैत्रीपूर्ण खेल ११ असोजमा दशरथ रंगशालामा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।