काठमाण्डौ – आउँदो मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने भएका छन् ।
बिहान बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले भट्टराई र गौतमलाई आफ्नो चिह्नमा चुनाव लड्न दिने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग प्रवक्ता कृष्णबहादुर महराले माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडामा चुनाव लड्नका लागि स्वीकृति दिएको बताएका छन ।
