फोहरमा राजनीति गर्ने र बालेनलाई असफल बनाउने काम गर्नु हुँदैन स् अध्यक्ष थापा – Himalayan Dainik

फोहरमा राजनीति गर्ने र बालेनलाई असफल बनाउने काम गर्नु हुँदैन स् अध्यक्ष थापा


फोहरमा राजनीति गर्ने र बालेनलाई असफल बनाउने काम गर्नु हुँदैन स् अध्यक्ष थापा

काठमाडौँ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले फोहोरमा राजनीति गर्ने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहलाई असफल बनाउने काम गर्न नहुने बताएका छन् ।

अध्यक्ष थापाले आज ट्वीटरमार्फत् आफ्नो धारणा राख्दै बालेन ‘केही गरौं’ भन्ने सोच भएको व्यक्ति रहेकोले उनलाई सबैले सहयोग गर्नुपर्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘काठमाडौँका मेयर केही गरौं भन्ने सोच भएका व्यक्ति हुनुहुन्छ । फोहोरमैला व्यवस्थापन उहाँको ठूलो चुनौति हो । त्यसबारे उहाँले एक वर्ष भित्र दीर्घकालिन समाधान खोज्नुपर्छ । त्यतिन्जेल विगतमा झै सबैले हरसम्भव सहयोग गर्नुपर्छ । फोहरमा राजनीति गर्ने र बालेनलाई असफल बनाउने काम गर्नु हुँदैन ।’