कांग्रेस जनप्रतिनिधिको दुई दिने अभिमुखीकरण कार्यक्रममा देउवाले प्रशिक्षण दिने – Himalayan Dainik

कांग्रेस जनप्रतिनिधिको दुई दिने अभिमुखीकरण कार्यक्रममा देउवाले प्रशिक्षण दिने


कांग्रेस जनप्रतिनिधिको दुई दिने अभिमुखीकरण कार्यक्रममा देउवाले प्रशिक्षण दिने

काठमाडौं –  आगामी ३० र ३१ साउनमा स्थानीय तहका जनप्रतिनिधिका लागि राखिएको शुभकामना तथा अभिमुखीकरण कार्यक्रममा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित हुने भएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने दुई दिने अभिमुखीकरण कार्यक्रममा देउवाले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएका हुन् ।

‘ललितपुरमा हुने दुई दिने बधाई शुभकामना तथा अभिमुखीकरण कार्यक्रममा स्थानीय तह निर्वाचन २०७९ मा पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पालिकाका प्रमुख र उपप्रमुख र अध्यक्ष र उपाध्यक्षहरुलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिन्छ,’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।