काठमाडौँ – सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ थकनीको डाँडाकटेरीमा १४ घर पहिरोको उच्च जोखिममा परेका छन्। कान्छाराम तामाङ, जितबहादुर तामाङ, रणबहादुर तामाङ, कृष्णबहादुर तामाङ, रामबहादुर तामाङको परिवार सहित अन्यको घर पहिरोको उच्च जोखिममा परेको हो । जोखिममा परेका १४ घरको नगरपालिकाका जनप्रतिनिधि र प्राविधिकले अवलोकन समेत गरेका छन्।
जनप्रतिनिधि र प्राविधिकले अवलोकन गरेको र तत्काल राहतका लागि नगर कार्यपालिकामा सिफारिस गरिने उपमेयर उमा प्रधानले जानकारी दिए ।
यस्तै, पहिरोका कारण अति विस्थापित परिवारलालाई तत्काल स्थानान्तरण र व्यवस्थापन गर्नुपर्ने देखिएको नगरपालिकाका वातावरण अधिकृत सुजन दुलालले बताए ।
