भाइरल ज्वरो बढेपछि राप्तीका विद्यालय ७ दिन बन्द – Himalayan Dainik

भाइरल ज्वरो बढेपछि राप्तीका विद्यालय ७ दिन बन्द


भाइरल ज्वरो बढेपछि राप्तीका विद्यालय ७ दिन बन्द

काठमाडौँ – पछिल्लो समय भाइरल ज्वरोका बिरामीहरु बढदै गएका छन । देशभरका केही केही विदयालयमा भाइरल ज्वरोका कारण विदयालय बन्द हुने समेत समस्या आएको छ । यस्तै , दाङको राप्ती गाउँपालिकाले पनि विद्यार्थीहरूमा भाइरल ज्वरो बढ्न थालेको भन्दै सात दिन विद्यालय बन्द गरेको छ ।

गाउँपालिकाभित्रका विद्यालयहरुमा भाइरल ज्वरोको संक्रमण बढेको भन्दै मंगलबारको कार्यपालिकाको बैठकले साउन १८ देखि २४ गतेसम्म विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।

विद्यालयमा भाइरल ज्वरोको संक्रमण बढ्ने जोखिम भएपछि हिउँदे र वर्षे बिदाबाट कट्टी हुने गरी सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास बिकले बताए ।

गाउँपालिकाले सूचना जारी गर्दै विद्यालय बन्द गर्ने निर्णय कार्यान्वयनका लागि सबै विद्यालयलाई आग्रह गरेको छ ।