काठमाडौँ – जाँड–रक्सी खाएर विद्यालय गएको आरोपमा जाजरकोटमा प्रधानध्यापक पक्राउ परेका छन् । जिल्ला सदरमुकाम खलङ्गाको त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक भक्तबहादुर मल्ललाई आज सोमवार विद्यालयबाटै पक्राउ गरिएको हो ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी जाजरकोटको समन्वयमा मल्ललाई पक्राउ गरिएको हो ।
