काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले विराटनगर रानीमा रहेको विराटनगर जुट मिल फेरि सञ्चालन गरिने गरिने बताएका छन ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विराटनगर जुट मिल सञ्चालन गर्ने सम्बन्धमा निजी क्षेत्रका उद्यमी एवम् व्यापारीसँग आवश्यक छलफल गरी सञ्चालनको विधि तयार गर्ने जानकारी दिए । मन्त्री बडूले देशमा रहेका रुग्ण उद्योग जनकपुर चुरोट कारखाना, हेटौँडा कपडा उद्योगलगायत के कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा आवश्यक अनुगनमनपछि निर्णय गर्ने जानकारी दिए ।
मन्त्री बडूले देशको व्यापार घाटा कम गर्न निजी क्षेत्रको सहयोगमा आयात प्रतिस्थापन गरी उत्पादन वृद्धि गर्नुका साथै रोजगारी सिर्जना गर्ने विचार राखेका हुन ।
