काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले नेपालको श्रम क्षेत्रका समस्या समाधान गर्दै वैदेशिक रोजगारीलाई मर्यादित बनाउने बताएका छन । मन्त्रालयमा श्रम, रोजगार पत्रकार समूहसँग कुराकानी गर्नुहुँदै मन्त्री कुवँले यस्तो बताएका हुन ।
‘वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिक नहेपिउन् र वैदेशिक रोजगारी मर्यादित होस् भन्नेमा म प्रतिबद्ध छु’, उनले भने , ‘विदेशमा रहेर काम गर्नु पक्कै पनि पीडादायी नै हुन्छ । यस क्षेत्रका समस्या र चुनौतीको समाधानको लागि म प्रयासरत रहनेछु ।’
यस्तै उनले स्वदेशमै रोजगार प्रबर्द्धनमा ध्यान दिनुपर्ने पनि बताएका छन । नेपालमा सबैखाले कामको आकर्षण भएको तर दक्ष र सीपयुक्त जनशक्ति नहुँदा भारतीय कामदार ल्याउनुपरेको पनि उनको भनाइ थियो । नेपालमा काम नगर्ने तर विदेशमा जस्तोसुकै काम गर्न पनि जान तयार हुने गरेको भन्दै उनलेआफ्नो सीप विकास गरेर देशमै स्वरोजगार बन्न आग्रह समेत गरे ।
