सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढ्यो – Himalayan Dainik

सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढ्यो


सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढ्यो

काठमाण्डौ – केही दिनयता लगातार घटेको सुनको भाउ आज भने बढेको छ ।

सुन आज तोलामा ४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ पुगेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।