जनकपुरमा १०० बढी सुकुमबासी प्रहरीको नियन्त्रणमा – Himalayan Dainik

जनकपुरमा १०० बढी सुकुमबासी प्रहरीको नियन्त्रणमा


जनकपुरमा १०० बढी सुकुमबासी प्रहरीको नियन्त्रणमा

काठमाडौँ – विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका १०० जना चुरे तथा वन जंगल बचाउ अभियन्ता र सुकुमबासीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।पक्राउ परेका छन् । जनकपुर बजार बन्द गराएको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

सुकुमबासीका नाममा अर्कै व्यक्तिले चुरे तथा वन, जंगलको अतिक्रमण गरिरहादा पनि सरकारले ध्यान नदिएको, सुकुमबासीलाई जग्गा नदिएको भन्दै यसअघि आन्दोलन गर्दै आएका उनीहरूले बिहीबार जनकपुरधाम बन्दको घोषणा गरेका थिए ।

घोषणा अनुसार बजार बन्द गराउादै हिडेका १०३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रबक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतका अनुसार ९४ जना महिला र ९ जना पुरुषलाई नियन्त्रणमा लिइएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

बलजफ्ती बजार बन्द गराउादै हिंडने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।