सर्वोच्च अदालत वार एशाेसिएशन र जाइका बिच भेटघाट सम्पत्र – Himalayan Dainik

सर्वोच्च अदालत वार एशाेसिएशन र जाइका बिच भेटघाट सम्पत्र


सर्वोच्च अदालत वार एशाेसिएशन र जाइका बिच भेटघाट सम्पत्र

काठमाडोैं, साउन २१- सर्वाेच्च वार र जाइका बिचकाे सहकार्यले मुर्त रूप लिंदै सर्वोच्च अदालत वार एशाेसिएशन र जापान अन्तर्राष्ट्रिय सहयोग नियाेक (JICA) बिचकाे सहकार्यले मुर्त रूप लिने क्रमकाे सुरूवात भएको छ । आजभन्दा ठिक ५ महिनाअघि फागुनमा सर्वोच्च अदालत वार र जाइका टाेलिबिच सर्वोच्च अदालत वार एशाेसिएशनकाे आफ्नै बैठक कक्षमा सम्पन्न भेटघाटले आपसमा सहकार्य गर्ने सम्वन्धमा सहमति कायम गरेकाे थियाे । उक्त पहिलाे भेटघाटको ५ महिनापछि आगामी साउन २६, २७ र २८ गते गरि ३ दिवसीय कार्यक्रम सम्पन्न गर्ने कुरामा हालै सहमति भएकाे कुरा सर्वाेच्च अदालत वार एशाेसिएशनका उपाध्यक्ष अधिवक्ता राजु खड्काले बताएका छन ।

सर्वाेच्च अदालत वार एशाेसिएशनकाे आयाेजना र जाइकाकाे सहयाेगमा ललितपुरकाे कुपण्डाेलस्थित हाेटल हिमालयमा सम्पन्न हुन गइरहेको उक्त कार्यक्रममा वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरू, न्यायाधीशहरू, उच्चपदस्थ सरकारी अधिकृतहरू, सरकारी वकिलहरू, सुरक्षा निकायका अधिकृतहरूसहित देशका सातै प्रदेशबाट कानूनकर्मीहरूकाे उपस्थिति रहने कुरा बताइएको छ । उक्त कार्यक्रमकाे उद्घाटन सर्वोच्च अदालतका प्रधान न्यायाधीश चाेलेन्द्र शम्मशेर जबराले गर्नेछन् भने उक्त कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासामिची साईगो (Masamichi Saigo) काे समेत विशेष उपस्थिति रहने कुरा उपाध्यक्ष खडकाले बताएका छन ।

पब्लिक इन्टरनेशनल ल, कन्ट्याक्ट् ल र ट्रोट ल (Public International Law, Contract Law र Tort Law )को सम्वन्धमा विभिन्न नेपाली तथा जापानी विशेषज्ञहरूले प्रशिक्षण दिने उक्त कार्यक्रमकाे समापन साउन २८ गते गरिने र उक्त कार्यक्रममा कानून, न्याय तथा संघीय मामिला मन्त्री भानुभक्त ढकालकाे उपस्थिति रहने बताइएको छ । उक्त कार्यक्रमलाई अन्तिम रूप दिन सर्वोच्च वार र जाइकाकाे टाेलिले संयुक्त भेटघाट सम्पन्न गरेकाे छ । जाइका टाेलीसंगकाे उक्त भेटमा सर्वोच्च अदालत वार एशाेसिएशनकाे तर्फबाट अध्यक्ष बरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी, उपाध्यक्ष अधिवक्ता राजुु खड्का, सचीव अधिवक्ता शुभनराज आचार्य, सहसचिव पूर्णीमा गुरागाई तथा काेषाध्यक्ष अधिवक्ता सराेज घिमिरेलगायत सहभागी थिए ।