काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले ल्याएको बजेटले जनताको जीवन परिवर्तन नगर्ने बताएका छन् । वुधबार संसद बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै लिङ्देनले यस्तो बताएका हुन् ।
‘अहिलेको बजेट इमानदारी पूर्वक भन्नुपर्छ यसले हाम्रो जिवन परिवर्तन गर्न सक्दैन,’ उनले भने, ‘देशमा अहिले जुन प्रकारको आर्थिक संकट बढ्दै गएको छ । जुन प्रकारको मूल्य वृद्धि हुँदै गएको छ । त्यसलाई रोक्नेतर्फ उन्मुख छैन ।’
बजेट निर्वाचन केन्द्रीत मात्रै रहेको लिङ्देनको आरोप छ । ‘बजेट केवल निर्वाचन लक्षित छ,’ उनले भने, ‘आगामी निर्वाचनलाई केन्द्रमा राखेर ल्याइएको छ । यो बजेटको स्रोत के हो रु यसका कार्यान्वयनका आधार के हुन् रु कही पनि स्पष्ट छैन । सँधै झैँ बजेट अनुमान यति आम्दानी हुन्छ होला, यति अनुदान पाइन्छ होला रुयति ऋण लिइन्छ होला रु त्यसको आधारमा बनाइएको छ ।’
सरकारले जनतालाई भुल्याउन स्रोत र आधार बिनाका विषयहरु बजेटमा ल्याएको लिङ्देनको भनाइ छ । ‘बजेटमा कति राम्रो कुरा छ कि १ घण्टामै चितवन पुग्ने,’ उनले भने, ‘तर त्यसका आधार के हुन रु स्रोत के हुन् रु त्यसकारण यी सबैबाट के देखिन्छ भने यो बजेट एउटा ललिपपको रुपमा भुल्याउने कुरा गरेर ल्याइएको छ ।’
