पोखरा विमानस्थलमा इन्धन भर्न गएको ट्यांकर पल्टियो,उडान स्थगित – Himalayan Dainik

पोखरा विमानस्थलमा इन्धन भर्न गएको ट्यांकर पल्टियो,उडान स्थगित


पोखरा विमानस्थलमा इन्धन भर्न गएको ट्यांकर पल्टियो,उडान स्थगित

काठमाडौं  – पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिएपछि हवाइ उडान रोकिएको छ ।पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीका अनुसार हवाईजहाजमा तेल भर्न जाँदै गर्दा ट्यांकर पल्टिएको हो ।

पोखरामा हुने बिहानका उडानहरु हाललाई स्थ्गित गरिएको सुवेदलिे बताउनुभयो ।क्रेनले पल्टेको ट्यांकर उठाउने र तेल पोखिएको स्थानमा सफा गर्ने काम भइरहेको छ ।

विमानस्थलमा दमकलसहित इमर्जेन्सी अपरेशन तयारी अवस्थामा राखेर काम भैरहेको पोखरा विमानस्थल कार्यालयले जनाएको छ ।