काठमाडौँ – संसदीय सुनुवाई समितिले सरकारद्वारा प्रस्तावित दुई राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।
आज बसेको समितिको बैठकले श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदुत प्रा।डा। रामस्वार्थ रायको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।
यसअघि समितिले सरकारद्वारा विभिन्न १८ देशका लागि प्रस्तावित राजदुतहरुको नाम अनुमोदन गरेको थियो । सरकारद्वारा प्रस्तावित राजदूत राय र मिश्रबिरुद्ध भने उजुरी परेकोले अनुमोदन हुन बाँकी थियो । बैठकमा बोल्दै समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित द्वय राजदूत मिश्र र रायबिरुद्ध परेको उजुरी औचित्य हीन भएकोले समितिले सर्वसम्मत राजदूतको नाम अनुमोदन गरेको बताए ।
