निर्माण व्यवसायीका समस्या समाधान गर्न गम्भीर छौँ : मन्त्री झाँक्री – Himalayan Dainik

निर्माण व्यवसायीका समस्या समाधान गर्न गम्भीर छौँ : मन्त्री झाँक्री


निर्माण व्यवसायीका समस्या समाधान गर्न गम्भीर छौँ : मन्त्री झाँक्री

काठमाडौं – सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले निर्माण व्यवसायीका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताएकी छन् । निर्माण क्षेत्र अस्तव्यस्त बनेको बताउँदै उनले व्यवसायीका आवश्यक माग सम्बोधनको पहल गरिने बताइन् ।

नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधि मण्डलसँग सोमबार भएको भेटमा मन्त्री झाँक्रीले अन्य मन्त्रालयसँग समन्वयका लागि पहल गर्ने बताइन् । उनले भनिन्, “निर्माण व्यवसायीका समस्या समाधानका लागि हामी गम्भीर छौँ । सकारात्मक रूपमा समस्या समाधानको पहल खोजौँ । निर्माणका काम रोकेर नबसौँ ।”

ठूला आयोजनामा म्याद थप्न समस्या नभए पनि साना आयोजनाको म्याद थपेर बस्दा नयाँ कार्यक्रमबारे अन्योलता सिर्जना हुने उनले बताइन् ।