कान्स फिल्म फेस्टिभलको जुरीमा दीपिका – Himalayan Dainik

कान्स फिल्म फेस्टिभलको जुरीमा दीपिका


कान्स फिल्म फेस्टिभलको जुरीमा दीपिका

काठमाडौँ – बलिउड अभिनेत्री दीपिका पादुकोण ७५औं कान्स फिल्म फेस्टिभलको जुरीमा रहने भएकी छन् । कान्स फिल्म फेस्टिभलले उनलाई आठ सदस्यीय जुरीमा समावेश गर्ने घोषणा गरेको हो । जुरीको अध्यक्षता फ्रान्सेली अभिनेता विन्सेट लिन्डनले गर्नेछन् ।

त्यस्तै सदस्यहरुमा दीपिकासहित इरानी फिल्म निर्माता असघर फरहादी, स्वीडिस अभिनेत्री नुमी र्‍यापेस, अभिनेत्री, लेखक तथा निर्माता रेबेका हल, इटालियन अभिनेत्री ज्यास्मिन ट्रिन्का, फ्रान्सेली निर्देशक जेफ निकोल्स र नर्वेका निर्देशक जोआचिम ट्रायर रहेका छन् । यस वर्षको कान्स फेस्टिभल आगामी मे १७ देखि २८ सम्म फ्रान्समा आयोजना हुँदैछ ।