एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, यस्ता छन् एजेन्डा – Himalayan Dainik

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, यस्ता छन् एजेन्डा


एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, यस्ता छन् एजेन्डा

काठमाडौँb-। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि बस्ने भएको छ ।

बैठक बबरमहलमा आज बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बस्दैछ । बैठकमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलका प्रतिवेदनमाथि छलफल हुनेछन् । साथै सातै प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गर्नेछन् ।

चुनावी घोषणा पत्र तथा उम्मेदवार चयन मापदण्डलगायतबारे पनि छलफल गर्ने एजेन्डा रहेको बताइएको छ । बैठक बिहीबारसम्म चल्नेछ।