एमसीसीमा असहमति जनाउनेहरूले सरकार छाड्नुपर्छ : नेता विष्ट – Himalayan Dainik

एमसीसीमा असहमति जनाउनेहरूले सरकार छाड्नुपर्छ : नेता विष्ट


एमसीसीमा असहमति जनाउनेहरूले सरकार छाड्नुपर्छ : नेता विष्ट

काठमाडौँ – नेकपा एमालेका सचिव गोकर्ण विष्टले एमसीसीमा असहमति जनाउनेहरूले सरकार छाड्नुपर्ने बताएका छन् ।

गुल्मीको मुसिकोट नगरपालिका–५ आँपचौरको तल्लाफाँटमा सहिद पार्कमा निर्मित विभिन्न भौतिक संरचनाको उद्घाटन गर्दै उनले सत्ता गठबन्धनका केही राजनीतिक दलहरूले एमसीसीका विषयमा दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।

उनले भने, ‘सत्ता मै रहेका कतिपय राजनैतिक दलका मित्रहरूले म मन्त्री भएको हैसियतले एमसीसीमा असहमति जनाउन मिल्दैन तर सांसदको हैसियतमा भने एमसीसी पास गर्न हुन्न भन्ने पक्षमा छु भनेको सुन्छु ।’ ‘यस्तो पनि कहीँ हुन्छ रु ‘संसदीय इतिहासमा यस्तो लाज मर्दो, अनौठो तमासा अहिलेसम्म कहीँ कतै देखिएको थिएन । मन्त्री पद जोगाउनका लागि एमसीसीको पक्षमा हुने, बाहिर चाहिँ एमसीसीको विपक्षमा कार्यकर्ता उराल्ने रु एमसीसीको विपक्षमा भए सरकार छाड्नुपर्‍यो नत्र यस्तो तमासा देखाउनु भएन ।