एमसीसीको विपक्षमा माओवादी केन्द्र, जबरजस्ती पारित गरे सरकार छाड्ने – Himalayan Dainik

एमसीसीको विपक्षमा माओवादी केन्द्र, जबरजस्ती पारित गरे सरकार छाड्ने


एमसीसीको विपक्षमा माओवादी केन्द्र, जबरजस्ती पारित गरे सरकार छाड्ने

काठमाडौँ – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले यथास्थितिमा एमसीसी संसदमा टेबल भए विपक्षमा उभिने निर्णय गरेको छ। त्यस्तै संसदबाट जबरजस्ती एमसीसी पारित गरिए सरकार छाड्ने बैठकले निर्णय गरेको छ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बैठकले उक्त निर्णय गरेको जानकारी दिएका हुन्। उनले यथा स्थितिमा एमसीसी पारित गर्ने पक्षमा माओवादी केन्द्र नभएको स्पष्ट पारेका छन् ।