काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले बुधबार बिहानका लागि कार्यव्यवस्था परामर्श समिति बैठक आह्वान गरेका छन्।
बैठक बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित शंकर हलमा बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक बस्नु अघि बैठकको कार्यसूचीमाथि छलफल गर्न सभामुख सापकोटाले बैठक आह्वान गरेका हुन् ।
संघीय संसदका महासचिव डा। भरतराज गौतमले मंगलबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एउटा प्रतिवेदन र तीन वटा शोक प्रस्ताव समेटिएका छन् । सत्ताको नेतृत्वकर्ता नेपाली काँग्रेस भने अमेरिकी सहयोग सम्बन्धी परियोजना एमसीसी टेबल गर्ने तयारीमा छ । यही विषयमा छलफल गर्न बैठक अघि सभामुख सापकोटाले प्रधानमन्त्रीको आग्रहमा कार्यव्यवस्था समिति बैठक बोलाएका हुन्।
