अपांगता भएका व्यक्तिलाई राज्यले औषधि उपचार निःशुल्क र समान अवसर प्रदान गर्नुपर्छ – Himalayan Dainik

अपांगता भएका व्यक्तिलाई राज्यले औषधि उपचार निःशुल्क र समान अवसर प्रदान गर्नुपर्छ


अपांगता भएका व्यक्तिलाई राज्यले औषधि उपचार निःशुल्क र समान अवसर प्रदान गर्नुपर्छ

काठमाडौं, १४ कार्तिक – शारिरीक रुपमा अशक्त व्यक्तिहरुलाई समाजले हेर्ने दृष्टिकोण कठैबरा भन्ने र दयाँ भाव बोल्ने भन्दा उ पनि आम मानव सरह सम्पूणर् अधिकार प्राप्त मानव हो भन्ने व्यवहार हुनुपर्छ ।अपांगता भएका व्यक्तिलाई राज्यले सामाजिक सुरक्षा भत्ताको सट्टा औषधि उपचार निःशुल्क गर्नुपर्छ—गोकणर्ेश्वर नगरपालिका १ अपांग पुर्नस्थापना केन्द्र माकलबारीका संस्थापक तथा पारिजात सेभिङ्ग एण्ड क्रेडिट, सूर्यविनायकका अध्यक्ष टंकराज काफ्ले भन्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ—नेपालमा विभिन्न समयमा भएका आन्तररिक द्धन्द्ध, भुकम्प, बाढी पैरो, सडक दुर्घटना, विभिन्न घटना, दुर्घटनामा परि स्पाइनल इन्जुरी (मेरुदण्डको पक्षघात) को अवस्था विकराल छ । यस्ता व्यक्तिलाई सबैले हेलाको दृष्टिले हेर्ने र व्यवहार गर्ने गर्छन् । सरकारी काममा जाँदा अपांग मैत्री भवन, शौचालय, कुर्सी, बाटो छैन भने सडकमा सार्वजनिक सवारी साधन रोक्दै रोक्दैनन् । शहरमा त यस्तो अवस्था छ भने गाउँको अवस्था कस्तो होला ?
यहि अवस्थालाई ध्यानमा राखी सूर्य विनायकमा सहकारी खोली अपांगता भएका व्यक्तिलाई सहज लगानी, बचत लगायतमा प्राथमिकता दिएका छौं ।

अपांगता भएका व्यक्तिले १ अरब ब्यालेन्सिट भएको सहकारीको नेतृत्व गरेको सफल सहकारी यहि हो । अध्यक्ष काफ्ले २२ बर्षको युवा हुँदा कालिकोटमा सडक सर्वे गर्ने क्रममा दुर्घटनामा परि अपांग भएको बताउँनुहुन्छ । दुर्घटनापछि उहाँको ३ महिनापछि पूणर् होस आएको र आफु ९ महिना सम्म त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमै बसेर उपचार गराएको बताउँनुहुन्छ । त्यतिबेला काफ्लेलाई अब म केही गर्न सक्दिन्न कहिले मर्छु भन्ने निराशा आउँने र आत्महत्या गरौं भन्ने लाग्दा लाग्दै मर्न मात्र मन लाग्ने डिप्प्रेसनममै पुगे भन्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ—त्यसपछिका दिन मेरो परिवारले घर बाहिरको संसार, समाज र सम्भावना देखायो । बैशाखी टेकेर दिनमा ५ किलो मिटर हिडन थाले । दिन प्रतिदिन आत्मबल बढ्यो र सहज मानिससँग प्रतिस्पर्धा गर्ने भावनाको विकास भयो र प्रतिस्पर्धामा उत्रिए । अहिले चारपांग्रे बाईक प्रतिस्पर्धामा कुदाउँछु । कोही बिरामी भएको सुन्दा आफ्नो विगत सम्झन्छु र सबैभन्दा पहिला बिरामीको अवस्था बुझ्न आफै पुग्छु । दुःख पर्दा सच्चा सहयोग गर्ने समाजको खाँचोछ । पूरानो पुस्तामा भन्दा नयाँ पुस्तामा सहयोग र सम्मानको भावनाको विकास भएको पाइन्छ । हाम्रो प्रयासमा सहकारी खोलेर

अपांगहरुलाई स्वावलम्बी बनाउँने वातावरणको विकास गरेका छौ । सदस्यता दिँदा पनि छुटको व्यवस्था गरेका छौ । बार्षिक रुपमा राहत हुने गरि ५० हजार बराबरको सुविधा दिन्छौ । वास्तविक सहयोग गर्न कठीनछ । माकलबारीमा यस्तै बालबालिकाका लागि खोलिएको संस्थामा दाल, चामल, औषधि सहयोग गर्दै आएका छौ । कोद्धिडका बेला पनि औषधि, माक्स, खाद्यान्न सहयोग गरेका थियौ । अपांगहरुमा आत्मनिर्भर नभएसम्म व्यक्तिगत विकास हुँदैन । यसका लागि एकीकृत प्रणालीको विकास हुनुपर्छ ।
राज्यले

सहायक सामग्री अपांगता परिचयपत्रका आधारमा सहुलियत दरमा खरिद गर्न सक्ने व्यवस्था गर्नुपर्छ । चारपांग्रे मोटरसाईकल खरिद गर्न निकै झण्झटिलो छ । कानूनमा छुट छ तर प्रकृया निकै झण्झटिलो छ । यसलाई सहज बनाईनुपर्छ । राज्यले सामाजिक सुरक्षा भन्दा स्वरोजगार र उपचारमा नै सुविधा दिनुपर्छ । अंपागका नाममा एउटा औला नभएको वा पहुँचवालाले मात्र सुविधा पाएकोछ । यो मानेमा शरिर सपाग तर मानसिक रुपमा अपांग भएका मानिस यो समाजमा धेरै छन् ।

अपांग दुईप्रकारका हुन्छन,नियमित औषधि सेवन गर्ने मानिस आँखाले नदेखिने डिसेवल हो भने देखिने गरि शरिर अपांग भएका अर्को हुन काफ्ले भन्नुहुन्छ । समाजले गर्ने व्यवहारका कारण अपांग भएका व्यक्तिहरु बढी घमण्डी र जिद्धि हुन्छन् । नेपालको कुल जनसंख्याको २ दशमल्भ ४ प्रतिशत अपांगता भएका व्यक्ति छन् । जसमा ६ हजार भन्दा माथी मेरुदण्डको पक्षघात भएका अंपागहरु रहेको काफ्ले बताउँनुहुन्छ ।