ललितपुर,१२ कार्तिक – आजभन्दा २० वर्ष अघि बाल हिंसा सम्बन्धी पहिलो विश्व अध्ययन गरिएको थियो । त्यस अध्ययनमा भनिएको थियो बालबालिका विरुद्धको कुनै पनि हिंसाको औचित्य पुष्टी गर्न सकिदैन र बालबालिका विरुद्धको हिंसा रोक्न सकिन्छ । तर, आज २० वर्ष भइसक्दा पनि बाल हिंसा पुर्ण अन्त्य भइसकेको छैन ।
२०२४ नोभेम्बर, ७ र ८ गते कोलम्बियाको बगोटामा प्रथम मन्त्री स्तरिय सम्मेलन हुन गइरहेको छ । उक्त सम्मेलन लक्षित गरेर बालहिंसालाई अन्त्य गर्नको लागि के के कुरामा जोड दिनुपर्छ भन्ने कुरामा बालबालीकासँग छलफल कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार ललितपुरमा एनएसिजीले आयोजना गरेको कार्यक्रममा युनिसेफ नेपालको सहयोगमा महिला बालबालीका तथा जेष्ठ नागरिक मन्त्रालय,राष्ट्रिय बाल अधिकार परिषद लगायतको सरोकारवाला निकायको संलग्नता थियो ।
कार्यक्रमको स्वागत मनतव्य राख्ने क्रममा बालिका अधिकारका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष ऋतु भट्ट राईले बालबालीका विरुद्ध हुने हिंसा तथा त्यसबाट जोगिने उपायका लागि बालबालीका स्वयम आफैले पनि आफ्नो आवाजलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा उठाउने अधिकार रहेको छ र यसका लागि वयस्कहरुले वातावरण तयार गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बाल अधिकार परिषदको सदस्य सविद इन्द्रा देवी ढकालले बालिका माथी हुने शाब्दिक र भाषिक दुरव्यवहार, बालश्रम र दुरव्यवहार, बेचबिखन हुन नदिन समाज र राज्य दुवै सजग हुनुपर्छ भन्ने कुरामा जोड दिनुभयो । सहभागी बालक कृष्ण शाहले समाजले केटाले पढ्नुपर्छ , केटीले पढ्न हुन्न भन्ने विभेदकारी भुमिका अहिले पनि निर्वाह गरिरहेको बताए ।
राष्ट्रिय बाल परिषदका उपाध्यक्ष बम बहादुर बानियाले कार्यक्रममा बोल्दै विकास साझेदार र सरकार तथा सरोकारवाला निकाय सबै मिलेर बालहिंसा अन्त्य गर्न अघि बढेनौ भने भविष्यमा आफू र आफ्ना मात्र रहनेछौँ भन्ने बताउनुभयो ।
युनिसेफ नेपालका बाल संरक्षण अधिकृत राम प्रसाद गौतमले पहिलो विश्व मन्त्रिस्तरिय सम्मेलनको महत्व र नेपालबाट कुन कुन निकायको सहभागीत हुँदै छ भन्ने कुराबारे प्रकाश पार्नुभयो ।
एनएसीजीका अध्यक्ष किरण थापाले बालबालीकाले उठाएका सवाल तथा सुझावलाई नागरिक समाजको तर्फबाट कोलम्बियामा हुने दुई दिने सम्मेलनमा नेपालको एजेन्डा बनोस् भन्नु भयो ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सहसचिव दिपक नेपालले कार्यक्रममा बोल्दै छलफलमा उठेका विषय राष्ट्रिय स्तरका् साथै अन्तराष्ट्रिय स्तारमा समेत उठान गर्नुपर्ने देखिन्छ भन्नुभयो ।
सम्मेलनमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीको नेतृत्वमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको सहभागी हुने जानकारी गराइयो ।