जसपाको मधेस प्रदेशस्तरिय प्रशिक्षक प्रशिक्षण जारी – Himalayan Dainik

जसपाको मधेस प्रदेशस्तरिय प्रशिक्षक प्रशिक्षण जारी


जसपाको मधेस प्रदेशस्तरिय प्रशिक्षक प्रशिक्षण जारी

काठमाडौं,५ चैत – जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेशस्तरिय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । जसपाले महोत्तरी जिल्लाको रामगोपालपुरमा शनिबारदेखि तीन दिने प्रशिक्षण गरिरहेको छ।

मधेस प्रदेस समिति पुनर्गठन भएपश्चात गर्न लागिएको महाधिवेशन लक्षीत प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख अर्जुन थापालगायतका नेताहरु प्रशिक्षक रहेका छन् ।

सोही अवसरमा कविलासी नगरपालिकाका पूर्व मेयर कौशलकुमार यादव आज जसपा प्रवेश गरेको मधेस प्रदेश समितिका अध्यक्ष बालकिशोर यादवले जानकारी गराएका छन् ।