कांग्रेस महासमिति बैठक : आज विभिन्न प्रतिवेदन पेश गरिने – Himalayan Dainik

कांग्रेस महासमिति बैठक : आज विभिन्न प्रतिवेदन पेश गरिने


कांग्रेस महासमिति बैठक : आज विभिन्न प्रतिवेदन पेश गरिने

काठमाडौँ, ८ फागुन – नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी रहने भएको छ ।

ललितपुरको गोदावरीमा चलिरहेको महासमिति बैठकमा आज विभिन्न प्रतिवेदन पेश गरिने भएको छ । बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले साङ्गठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक र अर्थमन्त्रीसमेत रहेका डा प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेश गर्ने तय भएको छ।