जनक शिक्षा सामग्रीले कर्मचारी माग्यो – Himalayan Dainik

जनक शिक्षा सामग्रीले कर्मचारी माग्यो


जनक शिक्षा सामग्रीले कर्मचारी  माग्यो

काठमाडौँ ४ फागुन – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । केन्द्रले आज एक सूचना जारी गर्दै आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि आवेदन माग गरेको हो ।

केन्द्रले नवौँदेखि पाँचौँ तहसम्मका लागि स्थायी कर्मचारी माग गरेको छ । इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्ने केन्द्रले जनाएको छ ।