आजदेखि त्रिविमा अनलाइन सुरु – Himalayan Dainik

आजदेखि त्रिविमा अनलाइन सुरु


आजदेखि त्रिविमा अनलाइन सुरु

काठमाडौँ, १५ माघ – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले अनलाइन मार्फत सेवा प्रवाह सुरु गरेको छ । उपकुलपति सिवलाल भुसालले एक कार्यक्रमकाबिच उक्त कार्यको सुरुवात गरेका हुन् ।

त्रिवि पनिकाद्वारा प्रदान गरिने सेवाहरु ट्रान्सकृप्ट, प्रोभिजनल, प्रमाण(पत्र, मूल प्रमाण(पत्र, पुनर्योग र करेक्सनको कार्य अनलाइन मार्फत गरिनेछ । त्यसका लागि तगभहबm।भमग।लउ मा यिनष्ल गरी आवश्यक विवरण तथा प्रमाणहरु संलग्न गरी नेपाल बैंक लिमिटेड वा ग्लोबल आइ एम ई बैंक मध्ये एउटा बैंक छनौट गरी तोकिएको शुल्क तिर्नुपर्नेछ।

अनलाइन फारम २४ सै घण्टा उपलब्ध हुनेछ । तर, काम भने कार्यालय समयभित्र सम्बन्धित कर्मचारीले रुजु गरी प्रथम चरणमा चेक गर्नेछन्। ठिक भए ठिक छ नभएको खण्डमा निर्देशनसहित आवेदकलाई जानकारी पठाइनेछ। आवेदकले निर्देशन बमोजिमका विवरण पेस गरेको खण्डमा पुनः प्रक्रियामा संलग्न हुनेछ । त्यसैगरी सच्याउनुपर्ने अवस्था भए सो को जानकारी सम्बन्धित आवेदकलाई पठाइने व्यवस्था मिलाएको छ ।

प्रमाण(पत्र संकलनको लागि सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्नुपर्ने छ । हाललाई आवेदन फारम भरेको मितिले सबै प्रक्रिया मिलेको खण्डमा एक हप्ता भित्र उपलब्ध गराइने छ ।