एक्समा लाइभ भिडियो गेम स्ट्रिमिङ परीक्षण गर्दै इलन मस्क – Himalayan Dainik

एक्समा लाइभ भिडियो गेम स्ट्रिमिङ परीक्षण गर्दै इलन मस्क


एक्समा लाइभ भिडियो गेम स्ट्रिमिङ परीक्षण गर्दै इलन मस्क

एजेन्सी – एक्स [पहिला ट्विट]०ले भर्खरै प्रस्तुत गरेको नयाँ फिचर्सले प्रयोगकर्ताहरुलाई प्लेटफर्ममा लाइभ भिडियोहरु प्रसारण गर्न अनुमति दिन्छ। अहिले कम्पनीले ट्विच जस्तो भिडियो गेम स्ट्रिमिङ फिचर्स परीक्षण गरिरहेको देखिन्छ ।

इलन मस्कले आफ्नो गेमिङ ह्यान्डल ‘२अथदघचनबmघचद्धद्दण्’, मार्फत एक पोस्ट सेयर गरेका छन्। जसमा ब्लिजार्डको डियाब्लो पीभीपी एरिना गेमप्लेको एक घण्टाको नयाँ भिडियो गेम स्ट्रिमिङ गर्दै गरेको देखाइएको छ। स्ट्रिम राम्रोसँग हेर्न सकिने छ। तर भिडियोको क्वालिटी ९गुणस्तर० परिवर्तन गर्ने सकिने विकल्प भने छैन ।

यस वर्षको जुनमा मस्कले एक्सले लाइभ भिडियो गेम स्ट्रिमिङ क्षेत्रमा आउने योजनामा रहेको संकेत गरेका थिए। मस्कले एक्समा भिडियो गेम स्ट्रिमिङ गरेको पोस्ट राख्नु एक दिन अघि ट्विचले नयाँ नियमहरू प्रस्तुत गरेको थियो जसले ब्रान्डेड कन्टेन्टबाट पैसा कमाउने स्ट्रिमरहरूलाई प्रत्यक्ष असर पारेको थियो। यस पछि, धेरै भिडियो गेम प्लेयरहरूले स्ट्रिमिङ बन्द गरे र यूट्यूब गेमिङ र फेसबुक लाइभ जस्ता विकल्पहरूमा स्तान्तरण भए ।